१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्व दृष्टि दिवस आज



काठमाण्डौ ।

आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइ.ए.पि.बी.को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।

डब्लु.एच.ओ र आइ.ए.पि.बी.ले सन् १९९९ को फेब्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न भिजन ‘ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट’ कार्यक्रम घोषणा गरेका थिए । जस अन्तर्गत आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपनाको मान्यतामा रहेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  १ : १६ बजे