६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

दशैका लागि बुटवलमा पहाडिया खसी बोकाको विक्री बढ्यो



मायादेवी अनलाइन, बुटवल ।

दशै नजिकिए संगै बुटवलमा पहाडिया खसी, बोका विक्री बढेको छ । नवदुर्गामा बली चढाउने प्रयोजनका लागि नेपालमै उत्पादित बोकाहरुको घटस्थापना अघि नै विक्री हुने गर्दछ । घटस्थापना लागेसंगै बुटवलमा ६० प्रतिशत भारतीय खसी बोका भित्रिने गर्छन् ।

पाल्पा, गुल्मी, अर्घाखांची, स्याङजा र दाङबाट व्यवसायीहरुले खसी बोका ल्याई बुटवलको हाटबजारमा विक्रि गर्दै आएका छन् । भारतबाट आउने खसी भारतकै मन्दिरमा चढाउने र पछि व्यापारीले नाकाबाट छल्दै नेपाली बजारमा विक्रि गर्ने हुंदा नेपाली धार्मीक संस्कारमा भारतिय खसीको बली चढाउन उत्तम नहुने जानकारहरु बताउंछन् । बुटवलमा खसी, बोका विक्री गर्दै आउनुभएका व्यापारी दिनेश घिमिरेले पहाडीया खसीबोकाको मुल्य बढी भए पनि उपभोक्ताको माग बढी रहेको बताउनुभयो ।

घटस्थापना पछि मासुका लागि खसी बोकाको विक्री बढि हुने भएपनि नवदुर्गा, कालरात्रिको बलीका लागि चढाउने खसी बोकाहरु अहिले विक्रि भइरहेको उहांको भनाई छ । रुपन्देहीमा दशैमा मात्र करिव २५ हजार खसी बोका विक्रि हुदै आएको छ । दशैको बजार चहल पहल भैरहवा सुनौली नाका हुदै भारतीय खसीबोका नेपाल भित्रिन शुरु भएका छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  २ : १८ बजे