४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मीमा जीप दुर्घटना, दुई जनाको मृत्यु



मायादेवी अनलाइन, गुल्मी । 

गुल्मीमा गएराती जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप दुर्घटनाको वितृत विवरण आउन बाँकी छ । हाम्रा गुल्मी संवाददाता शिवलाल सुवेदीका अनुसार जीप दुर्घटनाबाट जिल्लाको चन्द्रकोट गाउँपालिका २ का ४९ बर्षिय भरत वहादुर गुरुङ र ३६ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ ।

दुर्घटना चन्द्रकोट गाउँपालिकाको वजिङ भन्ने स्थानमा भएको हो । गएराती दुर्घटना भएपनि विहान मात्रै जानकारी हुन आएको हो ।

जीप सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बाग्लुङको कालेपोखराबाट सामान छाडेर चन्द्रकोट फर्कदै गरेको जीप दुर्घटनामा परेको जानकारी भएपनि जीपको नम्बर खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेको बताइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  ३ : १७ बजे