४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

दशैमा घर फकर्नेहरुको चहलपहल बढ्दै



शिवलाल सुवेदी, गुल्मी ।

नेपालीको महान् चाड बडादसैँको आगमनले गुल्मीको सदरमुकाम तम्घास लगायत जिल्लाभर केही दिनयता चहलपहल बढ्दै छ । दसैँलाई लक्षित गरी गुल्मीमा वाहिरवाट आउनेहरुको सख्या ह्रवात्तै वढेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अहिले दैनिक हजारौको सख्यामा सवारीका साधनहरु जिल्ला भित्रिएका छन । यसरी मानिसहरु दशै मान्नका लागि भित्रिएपछि जिल्लाको सदरमुकाम तम्घास बजार लगायत अन्य स्थानीय बजारहरुमा चहलपहल बढेको हो भने दसैँका लागि जिल्ला वाहिर रहेका मानिसहरु गाउँ फर्कने क्रमले सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ । रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ तिहार जस्ता चाडपर्वले वर्षमा एक दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको धुर्कोट गाउँपालिका ४ का जनक पोखरेलले बताए । दशै तिहार जस्ता पर्वमा बर्षमा एक पटक घरपरिवारका सवै सदस्यहरु जम्मा भइन्छ पोखरेलले भने‘ घर नछोडे खान पुग्दैन रोजगारीका लागि गाउँघर छोड्नै प¥यो ।’ १०÷१२ बर्षदेखि वैदेशिक रोजगारीका लागि भारतमा मजदुरी गदै आएको बताउने उनले प्रत्येक दशैमा मात्र घर आउने बताए ।

पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अवसरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बूढाबूढीबाहेक कोही छैनन उनले अगाडि थपे‘कहिले दसैँ आउँला र आफ्ना छोराछोरीसँग बसौँला भन्ने आशमा वर्षदिन बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि यतिवेला खुसीयाली छाएको छ ।’

छिमेकी जिल्ला अर्घाखाची मालारानी गाउँपालिका १ का गोविन्द सुवेदीका अनुसार पनि दशैका लागि घर आएको बताए । लामो समय रोजगारीका लागि कतारमा थिए उनले भने‘ हामी नेपालीहरुको महान पर्व दशै मनाउन र परिवारका सदस्यहरुसगँ भेटघाट गर्नकै लागि बल्ल बल्ल तम्घास आईयो ।’ कतारवाट सजिलै काठमाडौ आएका बताउने उनले काठमाडौदेखि तम्घाससम्मको यात्रा निकै कष्टपूर्ण भएको बताए ।

विभिन्न पेशा ब्यवसायको सिलसिलामा स्वदेश र रोजगारीको सिलसिलामा भारत लगायत अन्य मुलुकमा पुगेका नेपालीहरु केही दिनयता ठूलो सख्यामा फर्किरहेको रेसुङ्गा यातायात ब्यवसायी समितीले जनाएको छ । दसैँ आउन एक महिना अघिदेखि नै काठमाडौवाट गुल्मीका लागि टिकट चाइयो भन्ने मानिसहरुको निकै भिडभाड भयो रेसुङ्गा यातायात ब्यवसायी समिती काठमाडौ शाखाका प्रमुख कृष्ण केसीले भने‘ अन्य समयमा भन्दा दोब्बर गाडी सञ्चालन गर्दा समेत पु¥याउन सकिएन ।  यस्तै दसैँको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई सहज होस भनेर गुल्मी यातायात समितीले पनि प्रत्येक रुटमा थप बस, हाइस, निशान र जिप सञ्चालन गरिररहेको जनाएको छ । दसैँमा गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाची र वाग्लुङ्गका सर्वसाधारणहरु लगायत जो कोहीले यातायातका कारण असुविधा नपाउन् भन्ने सोचका साथ गाडीको सख्या बढाएका छौ समितीका महासचिव हिमाल कुवँरले भने‘ दसैँलाई लक्षित अन्य समयको तुलनामा तेब्बर गाडी गुडाएका छौ ।’ घटस्थापना सुरु भएयता रोजगारीका क्रममा वाहिर बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रुपमा आफ्नो स्थायी बसोबास जिल्लामा फर्कने क्रम निकै बढिरहेको छ ।

चाडपर्वका वेला सुरक्षा अवस्थालाई मध्यनगर गदै प्रहरीले पनि आफ्नो गतिविधीलाई बढाएको जनाएको छ । प्रहरीले सवारी साधनहरुको चेकजाचँ, यात्रुहरुलाई सहजरुपमा यातायात गर्ने ब्यवस्था,सुरक्षा  लगायतमा विशेष ध्यान दिएको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  १ : ५३ बजे