६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

वन संरक्षणमा महिलाको सहभागिता बढ्यो



दाङ ।

पछिल्लो समय दाङ जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ ।

अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३ वटा वन समूह महिलाले मात्र सञ्चालन गरेको सामुदायिक वनका निर्वतमान सचिव हेमराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलाले सञ्चालन गरेका वन समूह यतिखेर निकै फस्टाउँदै गएका छन् । त्यसैगरी वन जोगाउने काममा पनि महिला सक्रिय भएर लागेका छन् । आफ्नो क्षमताको विकासमा पनि उनीहरु अगाडि नै छन् ।  वन समूहमा आबद्ध यहाँका महिला अन्य विभिन्न सामाजिक सङ्घ संस्थाको नेतृत्वमा समेत पुगेका छन् । (रासस)

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  १२ : ३५ बजे