६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रुपन्देहीमा नौ जना जुवाडे पक्राउ



रुपन्देही ।

बुटवलमा प्रहरीले नौ जनालाई जुवाको खाल बाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलबासको एक घरमा जुवा खेली रहेका ९ जनालाई जुवाको खाल बाटै पक्राउ गरि २ लाख रुपैया बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारबाही हुने डिएसपी डिलबहादुर मल्लले बताउनु भयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  २ : ५५ बजे