६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

जवरजस्ती करणीको आरोपमा पक्राउ



शिवलाल सुवेदी, गुल्मी ।
जवरजस्ती करणी गरेको आरोपमा जिल्लाको ईस्मा गाउँ पालिका ३ मा एक जना पक्राउ परेका छन । स्थानीय २० वर्षकी एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा इस्मा गाउँ पालिका ३ का नर वहादुर सार्कीको छोरा वर्ष ३६ का देव वहादुर सार्की पक्राउ परेको जिल्ला प्रहरी प्रमुख दिपक कुमार वस्नेतले जानकारी दिएका छन् ।
मानसिक सन्तुलन ठिक नभएकि युवतीलाई पैसाको प्रलोभन देखाएर छिमेकी दुर्गा वहादुर विकको घरमा कोही नभएको मौका छोपेर घरमा लगेर जवरजस्ती गरेको बताईएको छ ।
जवरजस्ती करणी गर्ने देव बहादुरलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाईएको प्रहरी चौकी ईस्माले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  ४ : ०९ बजे