५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रुपन्देहीमा लागुऔषध सहित श्रीमान श्रीमती पक्राउ



भवानीप्रसाद पाण्डे, बुटबल ।
अवैध लागुऔषध सहित बुधबार रुपन्देहीमा श्रीमान श्रीमती पक्राउ परेका छन् । भारतबाट अबैध लागुऔषध नेपाल भित्र्याएको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका(२, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजन पक्राउ परेको प्रहरीले बताएको छ ।
सीमावर्ति क्षेत्र मेउडिहवाबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले डाइजेपाम , फेनारगन र नुफीन बरामद गरेको छ ।
मोटरसाइकलको पछाडि बसेकी गोडियाले आफनो ब्यागमा लुकाएर ल्याएको अवस्थामा त्यति परिमाणको लागुऔषध बरामद भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ०५ बजे