५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आँधीखोला किनारमा रहेको बगर आम्दानीको भरपर्दो श्रोत



मायादेवी अनलाइन ।
धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व मनाउँदै आएका छन् ।
स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा बालुवा चालेर कमाएको पैसाले दशैँमा छोराछोरीलाई नयाँ कपडा किनीदिनुभएको छ । राधाका श्रीमान् वैदेशिक राजगारीको सिलसिलामा विदेशमा छन् ।
श्रीमानको कमाइको पैसा प्राप्तिको ठेगान नहुने भएकाले आफूले काम गरेर घर परिवारको खर्च चलाउँदै आएको बताइन ।
बोधिभञ्ज्याङकै सुमित्रा विकले पनि श्रीमान् विदेशमा भएको बताउँदै अरुसँग दुईचार पैसा के माग्नु भन्दै आफँैले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घरखर्च चलाउनको लागि काममा आएको बताए । श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको पैसामा मात्रै भर परेर बस्नुभन्दा आफूले पनि सानोतिनो काम गरेर केही पैसा कमाउन सके परिवार पाल्न र छोराछोरीको पढाइ खर्च चलाउन सहयोग पुग्ने सोचेर खोला किनारमा काम गर्न आएको बताए । वालिङ नगरपालिका–१२ स्थायी घर बताउने हाल ठूलाखेत बाँयेटारीमा बस्दै आउनुभएकी माया गुरुङले घरमा यतिकै बस्नुभन्दा काम गर्दा समय बितेको पनि थाहा नहुने र साथीसँग काम गर्दा रमाइलो हुने भएकाले काम गर्न आएको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७५ शुक्रबार ००:००  ११ : ५४ बजे