२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

नवलपरासीमा बस दुर्घटना, ५ जनाको घटनास्थलमा मृत्यु, ५१ घाइते



नवलपरासी ।
नवलपरासीमा आज विहान(आइतबार) भएको बस दुर्घटनामा परी ५ जनााको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकहरुको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो ।

बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको उहाँले बताउनुभयो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  १ : ५६ बजे