२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

अरुणखोला दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, चारजनाको सनाखत



नवलपरासी ।

अरुणखोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ जना मध्ये चार जनाको पहिचान खुलेको छ । दुई जनाको अझै पहिचान हुन सकेको छैन ।

दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सोहम कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँचजनाको घटनास्थल मै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो । सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचार पछि फर्किएको र केहीको भरतपुर अस्पताल र मनकामना पोलिक्निकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटना भएको घाइते यात्रुले बताएको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  ३ : ४० बजे