२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा चालकको मृत्यु



मायादेवी अनलाइन, अर्घाखाँची ।

जिप दुर्घटना हुदाँ अर्घाखाँचीम चालकको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाबाट गुल्मीको भनभने जाँदै गरेको लु १ ज ३५०३ यात्रुबाहक जिप मंगलबार साँझ दुर्घटना हुँदा ३५ वर्षीय गाडी चालक शेरबहादुर थापाको मृत्यु भएको हो ।

जिप दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानाकारी दिए ।

जिपमा सवार अन्य १४ जना यात्रु भने सकुल रहेको जनाइएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५ मंगलबार ००:००  ४ : ४४ बजे