२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

अरुणखोला दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो



नवलपरासी ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।
पूर्व–पश्चिम राजमाग अन्तर्गत भएको दुर्घटनामा गम्भीर घाइते सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बाँकी ३५ मध्ये १५ जनालाई उपचारपश्चात् घर फर्काइएको र बाँकी २० को भरतपुरमा थप उपचार जारी रहेकोे प्रहरीको भनाइ छ ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस आइतबार बिहान करीब ५ बजेको समयमा दुर्घटनामा परेको थियो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ५१ बजे