२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

गुल्मीमा दोस्रो नौमती बाजा महोत्सव सकियो, विजेताले कति पायो ?



गुल्मी । 

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गुल्मीको वामीमा दोस्रो नौमती बाजा महोत्सव गरिएको छ । हराउँदै जान थालेको नौमती बाजाको प्रंचार प्रसार गर्दैलोप हुनबाट बचाउने उद्देश्यले वामी विश्व सम्पर्क मञ्चले नौमती बाजा महोत्सव आयोजना गरेको हो ।

महोत्सवको अवसरमा नौमती बाजा प्रतियोगिता, नौमती बाजामा पुरुष तथा महिलाको नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा चन्द्रकोट गाउँपालिका २ भीरखानीको भीरखानी पञ्चेवाजा समूह पहिलो हुँदै ३३ हजार ३ सय ३३ पुरस्कार पाएको छ ।

मुसीकोट नगरपालिका ८ वामीको नौमती वाजा संरक्षण समिति दोस्रो हुँदै २२ हजार २ सय २२ रुपैयाँ र वाग्लुङ गल्कोट नगरपालिकाको घुम्टे नौमति वाजा समूहले तेस्रो हुँदै ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त र्गयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ५२ बजे