२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

खशोग्गीको हत्यारालाई कारबाही गरेरै छोड्छौँ– साउदी अरब



एजेन्सीको सहयोगमा ।

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न जोकोहीलाई पनि कडा सजाय दिने साउदी अरबले जनाएको छ ।  मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकमा खशोग्गीको हत्यारालाई जुनसुकै सजाय दिन सरकार पछि नपर्ने तयहाँको मन्त्री परिषद्ले जनाएको हो । ‘साउदी अरबले सत्य तथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।

वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।’ राज्य सञ्चालित एसपीए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रिपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ ।

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महावाणिज्य दूतावासमा गएको अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ५७ बजे