२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

सरकारको प्राथमिकतामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल



लुम्बिनी । 

केही महिनामै सञ्चालनमा आउन थालेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमितामा परेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’को विन्दुमा पुगेकाले नयाँ एयरलाइन्सहरुलाई उडान अनुमति दिन समस्या छ । थप उडान अनुमति दिन पनि निकै कठीन भैरहेको बेला सरकारले उच्च प्राथमिकतामा राखेको हो ।

विभिन्न देशसँग हवाई सम्झौता र सम्झौताहरुको नवीकरण गर्दा लुम्बिनी र पोखरामा बन्ने अन्तर्रा्ष्ट्रिय एयरपोर्ट अन्तर्रा्ष्ट्रिय उडानहरु गराउने विषयमा बढी केन्द्रित हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव सुरेश आचार्यले बताउनुभयो ।

उहाका अनुसार बौद्ध धर्माबलम्बी बाहुल्य देशबाट हुने अन्तर्रा्ष्ट्रिय उडानलाई लुम्बिनीबाट बढी केन्द्रित गरिने छ । अन्तर्रा्ष्ट्रिय जगत लुम्बिनी सँगको सीधा एयर कनेक्टिभिटीमा जोडिँदा बौद्ध धर्माबलम्बी र बुद्धमा आस्था राख्ने समुदायलाई सहज हुने उहाको भनाइ छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ३ : १७ बजे