२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान



मायादेवी अनलाइन ।

खोटाङमा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन् । लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्कीलाई अदालतको आदेशमा जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

कर्तव्य ज्यान मुद्धामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्कीलाई जग्गासम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएको थियो ।

भारतको मिजोरममा बस्दैआएका कार्कीलाई खोटाङबाट खटिएका प्रहरीले असोज ३० गते सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ पञ्चायनस्थित घरबाट पक्राउ गरेको थियो । घट्नापछि भारतमा बस्दैआएका चन्द्रबहादुरलाई दशैं मनाउनका लागि २ दिन अघि मात्र घर आएको मौका पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  ६ : ४९ बजे