१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बालिकाहरु बलात्कारको उच्च जोखिममा रहेको प्रहरीको निष्कर्ष



काठमाण्डौं ।

नेपालमा बालिकाहरु बलात्कारको उच्च जोखिममा रहेको नेपाल प्रहरीले देखाएको छ  । बालबालिकाहरुलाई जोकेहीले नै सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका देखाइएको छ  ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् । बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछिको हत्या र अरु यस्ता घटनाहरु  दिनानु दिन घट्दा समुदायमा यसले ठुलो चिन्ता थप्ने गरेको छ । एक तथ्याङक अनुसार   १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइएको छ ।

जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ ।

लागुऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  २ : १२ बजे