२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गुल्मीमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले एक कार्यक्रमको आयोजना गरेर जिल्लामा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमलाई जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले उद्घाटन गरेका छन ।
‘समुदाय– प्रहरी साझेदारी’कार्यक्रमको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथी पराजुलीले यस कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्न ठुलो सहयोग हुने बताए । दिगो शान्ति, सुरक्षित समाज निमार्ण गदै मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य पुरा हुनेछ पराजुलीले भने‘ ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम गुल्मीका प्रभावकारी बनाउन गुल्मेलीहरु सवैको सहयोग आवश्यक छ र रहन्छ ।’
कार्यक्रममा वोल्दै गुल्मीका सवै स्थानीय तहका प्रमुखहरुले पनि प्रहरीले सञ्चालन गर्न लागेको ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम आफनो स्थानीय तहमा प्रभावकारी बनाउन कुनै कुरामा कमि हुन नदिने प्रतिवद्धता जनाएका छन । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्थानीय सरकारले शुरु गर्ने कार्यक्रम प्रहरीले शुरु गरिदिएकाले यसलाई सफल कार्यान्वयन गर्नका लागि सहयोग रहने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गुल्मी जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार वस्नेत लगायतले समाजमा दिगो शान्ति स्थापना गर्न कार्यक्रम सञ्चालन भएको बताए । त्यस्तै कार्यक्रममा वोल्ने अधिकाशं वक्ताहरुले पनि कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएका छन ।
मुलुकमा हत्या, बलात्कार, चोरी, डकैती लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको प्रहरी प्रमुख बस्नेतको भनाई छ ।
कार्यक्रमकै अवसरमा रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । मुसिकोटका मेयर सोमनाथ सापकोटा र रेसुङ्गाका मेयर डिल्लीराज भुसाल र गुल्मी प्रहरी प्रमुख दिपक कुमार वस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  १ : ०४ बजे