२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

ब्राउन सुगरसहित दाङमा तीनजना पक्राउ



दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेको नेतृत्वमा गएको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी धानखोलाको क्षेत्रमा गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गको सडक पोखरादेखि कोहलपुर जान लागेको से १ च ११९० को महेन्द्र बोलेरो जीपसहित तनिजनालाई पक्राउ गरेको हो ।
प्रहरीले दुई ग्राम ब्राउन सुगर र १६ ग्राम गाँजा पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाको प्रहरीका प्रमुख पञ्चलाल गोलेले जानकारी दिनु भएको छ ।सोमबार बिहान एक बजे गढवा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी धानखोलाको क्षेत्रमा से १ च ११९० नम्बरको महेन्द्र बोलेरो जीपमा रहेका तीजनालाई पक्राउ गरेको हो ।

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी बस्ने ३९ वर्षीय नरबहादुर पाण्डे, सोही ठाउँ निवासी ३२ वर्षीय भिमसिंह रोकाय र २५ वर्षीय छवि गुरुङलाई पक्राउ गरिएको गोलेले जानकारी दिनुभयो । पक्राउ गरेका व्यत्तिहरुको शरीर तथा से १ च ११९० नम्बरको जीप चेक जाँच गर्दा बोलेरोमा लागुऔषध भेटिएको थियो ।
प्रहरीले से १ च ११९० नम्बरको बोलेरो जीप, ९ हजार पाँच सय रुपैयाँ, तीनवटा मोबाइल लगायतका सामाग्रीको पनि बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ९ : २६ बजे