२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गोरुसिंगे दुर्घटना अपडेट-एक जनाको मृत्यु, ३३ जना घाइते, १३ गम्भिर



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगे जंगलमा सवारी दुर्घटना भएको छ । बस र टिप्पर ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ गढवाका ४ बर्षिय शुसान्त सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । मृतक सुनार दुर्गा सुनारका छोरा भएको बताइएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा ३३ जना घाइते भएका छन । जस मध्ये १३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । त्यस मध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।
दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन । घटना दिउसो साढे दुई बजेको बीचमा भएको हो । दुर्घटना पछि सडक केही समय अबरुद्ध भएको थियो । अहिले भने सवारी सुचारु भएका छन ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  १० : ३८ बजे