२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गोरुसिंगे दुर्घटना अपडेट – मृतकको संख्या तीन पुग्यो, मृतकको नामावली सहित



मायादेवी अनलाइन, बुद्धभूमि ।

गोरुसिंगेमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ मा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो । मृत्यु हुनेमा दाङ गढवा ४ की पूजा नेपाली र गढवा ४ का ४ बर्षिय शुसान्त सुनार रहेका छन । मृतक अर्का एक जनाको अझै पहिचान हुन सकेको छैन ।

बस र टिप्पर एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक रवि रावलले जानकारी दिए ।

घटनामा ३१ जना घाइते भएका छन । जस मध्ये ११ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । त्यस मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन । घटना दिउँसो साढे दुई बजेको बीचमा भएको हो । दुर्घटना पछि सडक केही समय अबरुद्ध भएको थियो । अहिले भने सवारी सुचारु भएका छन ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ११ : ३६ बजे