२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

समिति भन्छ्, पेट्रोलमा डिजेल मिसावट छैन



शिवलाल सुवेदी, गुल्मी ।

गुल्मीमा मिसावट पेट्रोल विक्रि वितरण भन्ने हल्ला गलत सावित भएको छ । दशैको समयमा जिल्लाको सदरमुकाम तम्घासमा रहेको वोहोरा आयल स्टोर्समा पेट्रोलमा डिजेल मिसावट गरि विक्रि गरिएको भन्ने विषयमा अनुसन्धान गर्न गठित समितीले मिसावट पेट्रोल विक्रि वितरण नगरेको पाइएको जनाएको छ ।

कात्तिक ८ गते जिल्ला प्रशासन कार्याल गुल्मीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको सयोजकमा गठिन छानविन समितीले सोमवार आफ्नो प्रतिवेदन सार्वजनिक गदै पेट्रोलमा डिजेल मिसावट गरिएको भन्ने प्रमाण नजुटेको जनाएको छ । समितीको प्रतिवेदन अनुसार पप्प सञ्चालन, विभिन्न ब्यक्तिहरु, मोटरसाईकल मर्मत गर्ने पसलहरु लगायत पप्पमा तेल भरेका सवारीधनीहरुसगँ वुझ्दा मिसावट तेल विक्रि वितरण नभएको पाइएको समितीका सयोजक पाण्डेले जानकारी दिएका छन ।

दशैको समयमा हामीले अनुसन्धान गदै जादाँ १ हजारभन्दा बढी सवारीका साधनहरुले उक्त पप्पवाट पेट्रोल भरेका रहेछन पाण्डेले भने‘ ७÷८ वटा मोटरसाईकलमा मात्र केही समस्या देखिएको पाइयो ।’ उनका अनुसार ती पनि पेट्रोलका कारणले मात्र नभएको साथै जिम्मेवार राजनितीक दलका कार्यकत्ताहरुवाट मात्रै गुनासो आएपनि अन्य सर्वसाधारणवाट कुनै गुनासो नआएको  बताए । उनले भरपर्दो प्रमाण नभएकाले सुनिएको, देखिएको र वोलेको आधारमा अनुसन्धान गरिएको बताए ।

समितीले निकालेको निष्कर्ष अनुसार घटनाको समयमा भएका प्रमाणजन्य विवरणहरु र तथ्यहरुका आधारमा मिसावट नदेखिएको उल्लेख गरिएको छ । साथै समितीले उक्त पप्पवाट लिएको पेट्रोललाई ल्यावका सम्बन्धित निकायमा पठाएपछि आउने प्रमाण नै भरपर्दो प्रमाण हुने जनाएको छ ।

घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समितीले ठुलो मेहनतका साथ प्रतिवेदन तयार गरेर सार्वजनिक गरेकोमा धन्यवाद दिएका छन । उनले ल्याव टेष्टका लागि ल्याएको पेट्रोल छिटोभन्दा छिटो सम्बन्धित निकायमा पठाउने र कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन । तेल विक्रि भएको करिव १ हप्तापछि नेपाली काग्रेस रेसुङ्गा नगरकार्य समिती र तरुण दल गुल्मीले जिल्ला प्रशासन कार्याल्य गुल्मीको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसले ध्यानाकर्षण गराएपछि अनुसन्धानका लागि प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, नायवसुव्वा तुल्सीराम न्यौपाने र प्रहरी नायव निरिक्षक ओमप्रसाद पौडेल रहेको ३ सदस्यी समिती गठन भएको थियो । समितीको प्रतिवेदनप्रति नेपाली काग्रेस गुल्मीले अध्ययन गरेपछि मात्र वोल्ने नेपाली काग्रेस गुल्मीका सभापति विष्णु वलालले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ३ : २० बजे