२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

सर्लाहीमा नेकपाका कार्यकर्ता र कांग्रेसका कार्यकर्ता बीच झडप, एकजनाको मृत्यु



सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ । बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय बिलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद बिरेन्द्र सिंहले जानकारी दिनुभयो । गोली लागेर अन्य चार जना घाइते भएका छन् । घाइते लिन गएको एम्बुलेन्समा समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उहाँले जानकारी दिनुभयो । सोमबार बिहान सोही नगरपालिका वाडा नम्वर ४ बाट निर्वाचीत वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपीट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।नेकपाका कार्यकर्ताहरुले वाडा अध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ६ : ३५ बजे