२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

जाजरकोटमा जिप दुर्घटनाः एकको मृत्यु 



जाजरकोट । कुशे गाउँपालिका–५ खुर्पामा जिप दुर्घटना एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिपका चालक रुकुमको आठबिसकोट नगरपालिका–३, बाँकेज्युलाका कमल परियार रहेको प्रहरीले जनाएको छ। लक्ष्मी प्राप्ति मावि खुर्पाको पुस्तकालय सामग्री लिएर गएको भे १ च ५५७ नम्बरको जिप दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुख रविन्द्रबहादुर सिंहले जनाकारी दिए। दुर्घटनामा दाङका निहुर आलम घाइते भएका छन्। घाइते आलमलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट मा ल्याइँदै गरिएको प्रहरीले बताए।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ६ : ३६ बजे