८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिलाई ख्याल गर्दै भेटघाटमा रोक



काठमाडौं ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ ।
धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले उहाँसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउन आफूहरुको पहिलो प्राथमिकता रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ,– ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।’ प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७५ मंगलबार ००:००  ४ : ०६ बजे