२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

अमेरिकाका कुख्यात अपराधी जेल भित्रै मृत भेटिए



एजेन्सी ।
अमेरिकाका कुख्यात अपराधी जेम्स ह्वाइटी बुल्जर वेस्ट भर्जिनियाको एउटा कारागारभित्रै मृत अवस्थामा फेला परेका छन्। २०१३ मा अदालतले उनलाई ११ जनाको हत्यामा दोषी ठहर गरेको थियो। फ्लोरिडा कारागारबाट वेस्ट भर्जिनियाको संघीय कारागारमा स्थानान्तरण गरेकै दिन ग्याङस्टार जेम्स मृत अवस्थामा फेला परेका हुन्। ८९ वर्षीय जेम्सको मृत्युबारे अनुसन्धाान भइरहेको कारागारका अधिकारीहरुले जनाएका छन्। कारागारमै रहेका अन्य कैदीहरुबाट उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जेम्सलाई १६ वर्षको खोजीपछि सन् २०११ मा पक्राउ गरिएको थियो। सन् उनको जीवनीमा आधारित थुप्रै हलिउड चलचित्र बनेका थिए। दक्षिणी बोस्टनको विन्टर हिल ग्याङ्गका पूर्वलिडर जेम्सबाट प्रभावित भएर चलचित्र ब्याक मास बनाइएको थियो। यस्तै उनीबाट प्रभावित भएर बनेको चलचित्र डिपार्टेडले सन् २००७ मा सर्वोत्कृष्ट चलचित्रको रुपमा ओस्कार अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ६ : ५८ बजे