३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

यस वर्षको तिहारलाई झिलिमिली बनाउनुहोस, लोडसेडिङ हुन्नः घिसिङ 



काठमाडौं ।
यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।’
यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले जानकारी दिनुभयो । यो पटक कुलेखानीको भण्डारण पनि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ । यो अहिलेसम्मकै धेरै हो ।’कार्यकारी अधिकृत घिसिङले यो पटकको तिहारलाई झिलिमिली बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ९ : १७ बजे