१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

गुल्मीको भगवती माबीमा तीन छात्राद्वारा विष सेवन, उनीहरुले किन खाए विष ?



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको रेसुङा नगरपालिका १० को भगवती माबीका तीन छात्राले विष सेवन गरेका छ्न । कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षिया समिक्षा थापा, सपना थापा र पार्वती केसिले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताउनुभयो ।
समिक्षाले मुसाको विष बोतलमा घोलेर शुरुमा आफुले खाएको र पछि अरु दुई जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताउनुभयो । बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा शौचालय जान भनेर बाहिर निस्किएका उनिहरुले साढे नौ बजे विष सेवन गरेको बिधालयले जनाएको छ ।
घटनाले आफुलाइ पनि दुख लागेको बताउँदै प्रध्यानाध्यापक खेमराज आचार्यले एक जनाको नियतले अरु पनि फसिएको बताउनु्भयो ।
तीन जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ । शुरुमा विष सेवन गर्ने समिक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटकपटक तनाव दिएपछि विष सेवन गरेको बताइन ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  १ : ४२ बजे