२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

होटल भित्र एक्कासी आएको चितुवाको मृत्यु



अर्घाखाँची ।
अर्घाखाचीको जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको एक होटलमा भेटिएको चितुवा मरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित सुदिप होटलभित्र बसेको अवस्थामा फेला परेको चितुवा उद्दार गरिएपछि मरेको हो ।
चितुवाले कुकुरलाई एक्कासी आक्रमण गर्ने क्रममा स्थानीयहरूको होहल्लाले चितुवा होटलभित्र छिरेको स्थानीयवासीको भनाई छ । चितुवा होटेलभित्र पसेको खबर पाउन साथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले होटेलबाट चितुवालाई उद्दार गरी जिल्ला वन कार्यालय अर्घाखाँचीमा बुझाएको थियो ।
घाइते अवस्थामा जिल्ला वन कार्यलयमा बुझाइएको चितुवा गत राति नै मरेको सहायक जिल्ला वन अधिकृत शीला पोख्रेलले बताउनुभयो । चितुवा छोप्ने क्रममा गम्भीर घाइते भएकोले मरेको हुन सक्ने उहाको अनुमान छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ४ : ३५ बजे