२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

पत्रकार महासंघ कपिलवस्तुको नवौं साधारणसभा सम्पन्न



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको नवौं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । महासंघको कार्यालय तौलिहवामा सम्पन्न भएको साधारणसभामा गत आर्थिकको आयव्याय र भावी दिनको कार्यक्रम सर्वसम्मतबाट पारित भएकोछ ।
साधारणसभाको बन्दशत्रमा आफ्नो भावी कार्यक्रम प्रस्तुत गर्दै शाखा सचिव हरि अधिकारीले पत्रकार दुर्घटना विमा र प्रेस पासको लागि घुम्ति शिविर राख्न सम्बन्धित निकायमा माग गरिने बताउनुभयो । यस्तै देशका प्रमुख १० शहरहरुमा पर्यटन प्रर्वधन कार्यक्रम सञ्चालन गर्ने र वाणगंगा र बुद्धभूमिमा सुचना केन्द्र सञ्चालन गरिने बताउनुभयो । यस्तै शिवराज र कृष्णनगर नगरपालिकामा सुचना केन्द्र सञ्चालनका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा शाखाका कोषाध्यक्ष दिपक खड्काले महासंघले आर्थिक बर्ष ०७३÷०७४ र ०७४÷०७५ को आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको बन्दसत्रमा बोल्दै शाखाका अध्यक्ष डिलाराम भुसालले महासंघले लिएका भावी कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  १ : ४२ बजे