२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

नगरपालिका स्तरिय जनस्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका अन्तर्रगत स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका स्तरिय जनस्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गरिएको छ । समिक्षा कार्यक्रममा नगरपालिकाले स्वास्थ्य सम्बन्धि गरेका कार्यक्रमहरु प्र्रभावकारी भएको भन्दै यसलाई अझै व्यापक बनाउनु पर्ने आवश्यकता औँल्याइएको छ ।
नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले कार्यक्रमको उद्घाटन गर्दै नगरका कतिपय स्थानमा अझै पनि चेतनाको कमीले गर्दा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु प्रभावकारी हुन नसकेको भन्दै प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।
समिक्षा कार्यक्रममा नगरका उपमेयर चक्र अर्याल, जिल्ला स्वास्थ्य कार्यलयका क्षयकुष्ट अधिकृत मोहमद ईरफान, सि एण्ड सि अस्पतालका डाक्टर मिलन थापा, प्रकास पुन लगायत युनाईटेड अस्पताल जितपुर र सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीको पनि उपस्थिती रहेको थियो ।
रामप्रसाद गौतमको संचालन तथा स्वास्थ्य संयोजक कृष्ण प्रसाद घिमिरेको स्वागतमा सम्पन्न कार्यक्रममा स्वास्थ्य फोकल पर्सन कमल ज्ञवालीले शाखाले नगर भए गरेका स्वास्थ्य सम्बन्धि कामहरुको तथ्याङक प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  १२ : ३३ बजे