शिवलाल सुवेदी, गुल्मी ।
इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीले ठुलो परिमाणमा वरामद घरेलु मदिरा नष्ट गरेको छ । मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकाका विभिन्न स्थानवाट बरामद घरेलु मदिरा तथा मदिरा वनाउन प्रयोग गर्ने कच्चा पर्दाथ विभिन्न ब्यक्तिहरुको रोहवरमा प्रहरीले नष्ट गरेको हो ।
५ सय लिटर तयारी घरेलु मदिरा र १ हजार ४ सय लिटर मदिरा बनाउन तयारी गरिएको कच्चा पदार्थ नष्ट गरिएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरिक्षक रविराज थपलियाले जानकारी दिए । मदाने गाउँपालिका ७ भनभने र धुर्कोट गाउँपालिका ३ हाडहाडेवाट वरामद गरिएको हो थपलियाले भने‘ घरेलु मदिरा उत्पादन गरेर विक्रि वितरण गर्ने पाइएकाले छापा हानेर ठुलो परिमाणमा वरामद भएको हो ।’
इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले पछिल्लो समयमा यसभन्दा अगाडि करिव २ हजार लिटर मदिरा बरामद गरि नष्ट गरिसकेको छ भने ४ कुण्टलभन्दा बढी गाजाँ समेत नष्ट गरेको छ । मदाने गाउँपालिकाले पनि गाउँपालिका भित्र घरेलु मदिरा उत्पादन र विक्रि वितरणलाई पूर्ण प्रतिवन्ध लगाएको छ भने अन्य मदिरा विक्रि वितरण गर्न समय छुट्टाएको छ ।
गाउँपालिका भित्रका नागरिकहरुमध्ये अधिकाशं गरिवीको रेखामुनि रहेका छन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले भने‘ घरेलु मदिरा सस्तो पर्ने भएकाले यसको बढी प्रयोग देखिएकाले यसलाई पूरै बन्द गर्ने अभियानमा लागेका छौं ।’ उनका अनुसार गाउँपालिकामा घट्ने घटनाहरु सवैमा मदिरा नै जोडिएकाले पनि मदिरा नियन्त्रण नगरी नहुने बताए ।
पछिल्लो समय गुल्मी जिल्लामा घरेलु मदिरा लगायत अन्य मदिराका कारण अपराधिक क्रियाकलापहरु बढेको भन्दै प्रहरी प्रशासनले मदिराजन्य बस्तुहरुलाई विक्रि वितरणमा समेत कडाई गरेको छ ।
५ मंसिर २०७५ बुधबार ००:००
2
Shares






प्रतिक्रिया