४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जगदीशपुर तालमा बहुउदेश्यीय टावर निर्माण गरिदै, पर्यटन प्रर्वधनको अपेक्षा



विकास बन्जाडे, कपिलवस्तु ।
आन्तरिक र बाह्र पर्यटकको प्रचुर सँभावना बोकेको कपिलवस्तुको जगदिशपुर तालमा चरा अध्ययन केन्द्रका लागी बहुउदेश्यीय टावर निर्माण गरिने भएको छ । स्थानीय तहमा जनप्रतिनिधी आएसँगै पर्यटन विकासलाइ मध्यनजर गरी हाल आएर बोटिङ्ग सन्चालनमा छ । प्रदेश नम्वर ५ सरकारले चालु आर्थिक वर्षमा जगदीशपुर तालको समग्र विकासका लागी २ करोड १५ लाख बजेट विनियोजन गरेको छ ।
कपिलवस्तुको जगदिशपुर तालमा पहिलो पटक डुँगा सन्चालनमा आएपछि पर्यटकको सँख्या बढेको छ । आन्तरिक र बाह्र पर्यटकलाइ थप आकर्षित गर्न विद्युतिय डुँगाका साथै जगदीशपुर ताल आसपासमा सडक, होटल लगायतका भौतिक सँरचना निर्माण हुनुपर्ने बुटवलका अनिश श्रेष्ठकोे सुझाव छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै तालको प्रचार प्रसार र विकासका लागी पहिलो पटक डुँगा सन्चालन भएपनि पर्याप्त रकम अभवामा समस्या भएको कपिलवस्तु नगरपालीका ९ का बडा अध्यक्ष शिव वाग्लेको भनाइ छ ।
प्रदेश नम्वर ५ सरकारले पहिलो पटक प्रमुख पर्यटकिय गन्तव्यको रुपमा जगदीशपुर ताललाइ विकास गर्न चरा अध्ययन केन्द्र सहित बहुउदेश्यीय भ्यू टावर निर्माणका लागी २ करोड १५ लाख बजेट चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेट विनियोजन गरी काम अगी बढाएकोे प्रदेश साँसद विष्णु पन्थीको दावी छ ।
बर्षौदेखी ओझेलमा परेको जगदीशपुर ताल आसपासका स्थानीयमा समेत आगामी दिनमा विकास निर्माण लगायतका कामले तिव्रता पाउने आशा पलाएको स्थानीय मदनलाल शर्मा बताउनुहुन्छ ।

प्रकाशित मिति : १० मंसिर २०७५ सोमबार ००:००  १ : १६ बजे