४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अर्घाखाँचीको सुपादेउराली प्रसिद्ध मन्दिर



मायादेवी अनलाइन ।
पाँच नम्वर प्रदेशको अर्घाखाँची जिल्लामा सुपादेउराली मन्दिर अवस्थित छ । यो मन्दिरमा दैनिक दर्शनगर्न आउने श्रद्धालुको घुईचो लाग्ने गर्दछ । यस मन्दिरमा पुग्नाले मनोकाँक्षा पुरा हुने विश्वास गरिन्छ ।
सोहि कारण पनि यसको महत्व दिन प्रतिदिन बढदै गएको देखिन्छ । आफ्नो मनकामना पुरा होस भनि भाकल गर्ने विभिन्न प्रकारका प्रसाद फलफूल, रातो फुलकोमाला, धजा, वस्त्र, चढाउने तथा पशु पक्षीको वलिपूजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन छ ।
गोरुसिङ्गेबाट ४७ किलोमिटर सन्धिखर्क जाने सडकको किनार तथा महाभारत श्रृखलाको ठूला ठूला पहाडको खोंचमा प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपादेउराली मन्दिर रहेको छ ।
प्राकृतिकसौन्र्दयले पनि सवै पर्यटकको मन लोभ्याउने यो मन्दिरलाई पनि प्रदेशको उच्च धार्मिक गन्तव्यको परुपमा विकास गर्नसके धार्मिक तथा पर्यटन प्रवर्धनमा टेवा पुग्ने देखिन्छ ।
साथै यो जिल्लामा अवस्थि संस्कृत व्याकरण अष्टाध्यायीका रचनाकर पाणीनि ऋषिको तपस्थलीको गुफालाई पनि प्रचार प्रसारमा ल्याउन सके विश्वका तमाम संस्कृतमा रुचिराख्ने हरुको गन्तव्य थलो वन्न सक्छ र धार्मिक पर्यटनको विकास हुन्छ ।

प्रकाशित मिति : ९ पुस २०७५ सोमबार ००:००  ९ : ३९ बजे