४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रुपन्देहीको पर्रोहा धाम, दर्शन गर्ने होइन ?



मायादेवी अनलाइन ।
पाँच नम्वर प्रदेशको रुपन्देही जिल्लामा बिभिन्न धार्मिक तथा पर्यटकीय स्थल हरु रहेका छन् । यस्ता पर्यटन स्थलले गर्दा रुपन्देही जिल्ला नेपालमै चिनिने गरेको छ ।
यी धार्मिक तथा पर्यटकीय स्थलले वाह्य तथा अन्तरिक पर्यटको मन रुपन्देही तिर खिचिरिहेको छ । धार्मिक होस या अन्य तिनका आ–आफ्नै महत्व र बिशेषता पनि रहेको पाईन्छ । यस्तै धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिएको पर्रोहा परमेश्वर वोलवंमको नाम पनि अग्रणिय स्थानमा नै रहेको छ ।
गौतम वुद्धको जन्मस्थल लुम्बिनी देखि २२ कि.मि. उत्तर चुरेपहाडको काखमा रहेको सैनामैना नगरपालिकाको वडा नं. १ मा धाम अवस्थित छ । अहिले धामले पशुपतिनाथ पछिको पश्चिम क्षेत्रकै पशुपति नामले पहिचान वनाउदै गएको छ ।

यहाँ पशुपतिनाथमा जस्तै दिनको तीन समय पूजन आरती हुने गर्दछ । पशुपतिनाथ पछिको नेपालमा तीन समय पूजा आरति हुने धाम पर्रोहा बोलबंम हो । धाममा श्रावणमा एक महिना बिशेष रुपले मेला लाग्ने गर्दछ । टाढाँ–टाढाँ वाट श्रद्धालुको घुईचो लाग्ने गर्दछ । नेपालमै विधिवत बोलबंम जलयात्राको सुरुवाद गर्ने धामको रुपमा परिचित छ । धामले समिति गठन गरेर हरबर्ष बोलबंम जलयात्रा चलाउने गर्दछ ।
। धामको आफ्नै स्वमित्वमा १ विघा १२ कठ्ठा जग्गा रहेको छ । घामको शिव लिङ्ग कसैले नवनाई स्वयम उत्पति भएको जनबिश्वस छ । यो ठाउँमा पुग्न बुटवल वजार देखि करिव १० कि.मि. पश्चिम पूर्व पश्चिम राजमार्गको रानीवगिया भन्ने ठाउँ बाट झण्डै २ कि.मि. दक्षिण तर्फ जानुपर्ने हुन्छ । पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग धामको नाममा नेपाल सरकारले हुलाक टिकट पनि जारी गरिसकेको छ ।
यस्ले गर्दा पनि धामको बिकस मा अझै टेवा पुगेको छ । धामले प्रत्यक्ष रुपमा धार्मिक पर्यटनको भूमिका खेल्दै आइरहेको छ । बोलबम धाम लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासगर्न सके तिर्थयात्राका तथा वोलवंमका नाममा हरेकौ बर्ष भारत तर्फ जाने असख्यक श्रद्धालु तथा करोडौ रकम रोक्न सकिन्छ ।

प्रकाशित मिति : १३ पुस २०७५ शुक्रबार ००:००  ४ : ०० बजे