२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

आज तमु ल्होसार मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा



काठमाडौँ ।

आज गुरुङ समुदायको महान पर्व ल्होसार । आज देश बिदेशमा रहेका गुरुङ समुदायहरुले विभिन्न कार्यक्रम गरि हर्सोल्लासका साथ मनाउदै छन् । हरेक बर्ष पुस १५ को दिन ल्हो अर्थात बर्ग फेरिने भएकोले यो दिनलाई ल्होछार पर्वको रुपमा मानिएको हो । आजको दिन आफ्ना मान्यजन तथा आफन्तहरु बाट शुभकामना तथा आशिर्बाद आदान प्रदान गर्ने चलन छ ।

प्रत्येक १२ बर्षमा युग परिबर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ ।

यसैबीच तमु ल्होसार पर्वको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरी बिदा दिने निर्णय गरेको हो ।

पुस १५ गते तमु ल्होसार पर्व परेकोले गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ ।

गण्डकी प्रदेश विशेषतः गुरुङहरूको बाहुल्यता रहेको प्रदेश भएको र सो दिन उनीहरूको प्रमुख चाड तमु ल्होसार अवसरमा बिदा दिने निर्णय भएको जनाइएको छ । बिदाका लागि तमु समुदायले सरकारलाई दबाब दिँदैआएका थिए ।

 

प्रकाशित मिति : १५ पुस २०७५ आइतबार ००:००  २ : ४८ बजे