१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बँदेलसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



बर्दिवास ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका(५ मा बँदेलसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

बर्दिवास नगरपालिका(५ लक्ष्मीनिया चोकमा जंगली बदेलसँग मोटरसाइकल ठोक्किँदा रौतहट चन्द्रनिगाहपुर नगरपालिका(५ बस्ने ४२ वर्षीय रोशन कुमार काफ्लेको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

ना ६२ प ७३१९ नम्बरको मोटरसाइकल बर्दिवास नगरपालिकाबाट रौतहटतर्फ जाने क्रममा एक्कासी सडकमा आएको जंगली बँदेलसँग मोटरसाइकल ठोक्किएको र अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३५ वर्षीय राजन काफ्ले गम्भीर घाइते भएका छन् । मृतक रोशन र घाइते राजन दाजुभाइ रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी नकुल पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ८ : ३२ बजे