१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भोजपुरमा २ थान बन्दुकसहित एकजना पक्राउ



भोजपुर ।
दक्षिणी रामप्रसाद राई गाउँपालिका–८ बासीखोरामा भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा २ थान भरुवा बन्दुकसहित त्यही ठाउँ बस्ने ३१ वर्षीय प्रविण राई पक्राउ परेका छन् ।
सादा पोसाकमा खटिएको संयुक्त प्रहरीको टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो ।
राईको घरमा खानतलासी गर्ने क्रममा घरमा लुकाइ राखेको भरुवा बन्दुक एक थान र कटुवा पेस्तोल एक थान बरामद गरिएको डीएसपी थेवेले बताउनुभयो । पक्राउपछि राईलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७५ बुधबार ००:००  ७ : ०९ बजे