१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पेस्तोल देखाएर लाखौँ रकम लुटपाट



सिरहा ।
हतियारसहितको डाँका समूहले कल्याणपुर नगरपालिका –३ प्रसाहीमा लाखौं मूल्यको धनमाल लुटपाट गरेको छ । डाँका समूहले बिहीबार बिहान १ बजे स्थानीय रामदेव मण्डलको घरबाट एक लाख नगदसहित सुन, चाँदी लुटपाट गरेको हो ।
दर्जनभन्दा बढीको समूहमा आएका लुटेराहरुले मण्डलको घरबाट एक लख नगद, १८ तोला सुन, पाँचसय ग्राम चाँदी, लेनदेनमा गरिएको कपाली तमसुक र अन्य कागजातसमेत लुटेर लगेको जनाएको छ ।
हल्ला गरे मारिदिने भन्दै लुटेराहरुले रामदेवको पेस्तोल तेर्स्याएर लुटपाट गरेका थिए । लुटेराले रामदेवको कञ्चटमा पेस्तोल तेर्स्याएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज गरेलले जानकारी थिए । लुटेराहरु बाँसको र्भयाङ लगाई घरको छतमा चढेर घरभित्र पसि लुटपाट गरेका थिए ।
घटना लगत्तै पुगेका प्रहरीले कल्याणपुर नगरपालिका १२ बेल्हाबाट लुटेरा समूहलाई लखेट्दै जाँदा उनीहरुले एक–एक राउण्ड गोली लोड गरिएको दुईथान कटुवा पेस्तोल, तन्ना, चप्पल छाडेर भागेको डीएसपी खरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ९ : ३२ बजे