१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशभरको मौसम बदली हुने सम्भावना



काठमाडौं ।
काठमाडौँ उपत्यकासहित देशभरको मौसम शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद विभूति पोखरेलले दिएको जानकारी अनुसार पश्चिमका पहाडी भूभाग र काठमाडौँसहित मध्य र पूर्वका केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविद पोखरेलले जानकारी दिइन् ।
मौसममा बदली भई पानी समेत पर्ने सम्भावना रहेकोले शुक्रबार काठमाडौँसहितका क्षेत्रमा चिसो बढी महसुस हुने उनले बताइन् । शुक्रबार बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
दिउँसो घाम नलाग्ने भएका कारण तापक्रम तुलनात्मक रुपमा बढ्न नसक्ने मौसमविद पोखरेलले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  ४ : ०४ बजे