१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जमिन कित्ताकाट खुल्यो, जग्गा दलाल खुसी !



काठमाडौं ।
गत वर्ष साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ । शुक्रबारबाट नै जग्गाको कित्ताकाट खुला भएको हो ।
करिब डेढ वर्ष अगाडी नै सरकारले जग्गा कित्ताकाटमा रोक लगाए पनि बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरेता पनि औपचारिक रुपमा खुलेको थिएन ।
घरजग्गा व्यवसायीले खेतीयोग्य जमिन पनि प्लटिङ गरेर अनुउत्पादित कारोबार गर्न थालेपछि सरकारले जग्गा कित्ताकाटलाई रोक्का गर्ने निर्णय गरेको थियो । तर यो निर्णय विवादित भएपछि सरकार निर्णयबाट पछि हटेको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार पत्रकार सम्मेलन गरेर जग्गा कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन् । अब यो संगै देशका शहरी क्षेत्रमा पुनः जग्गा ब्यबसाय मौलाउने अनुमान गरिएकोछ । यता कित्ताकात खुले संगै जग्गाको कारोबारीहरु खुसी भएका छन । जग्गा प्लटिङ गरी लाखौं रकम कमाउने उद्धेश्यले किनिएका जग्गा सरकारले रोके पछि जग्गा कारोबारी दुखी थिए । तर, शुक्रबारको सरकारी निर्णयले उनीहरु खुसी भएका हुन ।

प्रकाशित मिति : २७ पुस २०७५ शुक्रबार ००:००  २ : ३३ बजे