९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



रत्ननगर ।
नवलपरासी पूर्व्स्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।
छात्राको संवेदनशील अङ्गमा पौडेलले हात र्पुयाएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो। छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन्। उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ। पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ८ : ०४ बजे