१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एक हजार ७०० चल्ला बरामद



सर्लाही, (रासस) ।
भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चल्ला र गाडीलाई नियन्त्रणमा थिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  ९ : ३६ बजे