१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना, कम्तीमा पनि सातजनाको ज्यान गएको आशंका



एजेन्सी ।
इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना हुँदा कम्तीमा पनि सातजनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
बोइङ ७०७ नम्बरको कार्गो प्लेन भवनमा ठोक्किँदा दुर्घटना भएको हो । फार एजेन्सीका अनुसार प्लेनमा १६ जना यात्रु रहेको र एकजान मात्रै जीवित फेला परेका छन् । अधिकारीहरुले उद्धारको काम जारी राखेका छन् ।
कार्गोले मासु बोकेको जनाइएको छ । प्लेन कसको हो भन्ने अझै खुलेको छैन । इरानको उड्ययन प्राधिकरणले प्लेन काजकिस्तानको रहेको जनाएको छ तर काजकिस्तानले भने प्लेन इरानको भएको जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  १० : १६ बजे