८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पौडी खेल्ने क्रममा देवघाट बेणिमा एक जना वेपत्ता



भतरपुर ।

त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । मंगलबार बिहान नदीमा पौडी खेल्न गएका नवलपुर गैँडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।

तनहुँतर्फबाट पोडी खेल्दै नवलपुरतर्फको भागमा पुगेका गुरुङ फर्कने क्रममा नदीको छालमा परेर बेपत्ता भएको अर्यालले बताए ।

उनी कान्तिपुर पब्लिकेशनको भरतपुर कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । बेपत्ता गुरुङको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन केन्द्र कुरिनटार चितवनबाट खटिएको टोलीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ७ : ३३ बजे