२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक



काठमाडौँ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

मंगलबार नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाटा)को ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सबैभन्दा बढि सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए ।

सभामुख महराले पर्यटन क्षेत्रको विकासबाट मात्रै पनि मुलुकलाई धान्न सकिने उल्लेख गर्दै त्यसका लागि सरकारले निजी क्षेत्रको सक्रियतामा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  ७ : ३६ बजे