१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित



बुटवल ।
प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
अनशनरत डा। गोविन्द केसीको माग पुरा गर्नुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले प्रदेश ५ को संसद वैठक अवरुद्ध गर्दै विरोध जनाएको हो ।
बैठक शुरु हुना साथ प्रतिपक्षी कांग्रेसका सांसदहरु उठेर बिरोध जनाएका हुन् । बैठकलाइ नियमित गर्न सभामुख पूर्ण बहादुर घर्तिले पटकपटक गरेको आग्रहलाइ कांग्रेसले अटेर गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभाको आगामी बैठक माघ २२ गते दिनको १ बजे सम्मका लागी स्थगीत गरिएको छ ।
काग्रेंसले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि डा केसीको मुद्धा बोकेर विरोध जनाउदै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  ९ : १४ बजे