६ असार २०८३, शनिबार | Sat Jun 20 2026

दाङको शान्तिनगरमा भरुवा बन्दुकसहित ३ जना पक्राउ



लमही ।
दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा सिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ५७ बजे