२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

भृकुटी माविलाई कृषि विश्व विद्यालयको रुपमा विकास गछौंः मन्त्री खनाल



विकास बञ्जाडे, बुड्ढी ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषिमा आमुल परिवर्तन नभएसम्म सुखी नेपाली र सम्वृद्ध नेपालको सँकल्प पुरा नहुने बताउनुभएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थीत भृकुटी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त कुरा बताउनुभएको हो ।
नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा आमुल परिवर्तन हुन नसकेकाले अव कृषि क्रान्ति विना सुखी नेपाली र सम्वृद्ध नेपाल बनाउनु अवको आवश्यकता रहेको बताउनुभयो । उहाँले पश्चिम क्षेत्रकै केन्द्रमा रहेको भृकुटी माविलाई कृषि विश्व विद्यालयको रुपमा विकास गर्न लागी पर्ने थप भनाइ थियो ।
यसैगरी तिलौराकोट, जगदीशपुरताल, लुम्बिनी हुँदै कुदान गोटीहवावाट पुन तिलौराकोट सम्म जोड्ने पर्यटनमार्ग बनाउन डिपिआर तयार भइसकेको र त्यसका लागि संघिय सरकारले १ करोड बजेट विनियोजन गरेको मन्त्री खनालले बताउनुभयो ।
माघ २० देखी २३ गतेसम्म सन्चालन हुने स्वर्ण महोत्सवमा जग्गादाता मिनराज बेल्बासे, समाजसेवी गोविन्द खनाल, पुर्व प्रधानध्यापक शारदा खनाल, नरेन्द्र कुमार क्षेत्री, गाकर्ण कुँवर लगायतलाई सम्मान समेत गरिएको थियो । यसै गरि प्रतिनिधि सभाका सासद बृजेश कुमार गुप्ताले भृकुटी माविको ५० स्वर्ण महोत्सवको सफलताको शुभकामना दिदै कृषि विज्ञान क्यापस तथा विश्वविदायल निमार्णका लागि आफुले पनि सरकार सगं पहल गर्ने बताए ।
यस्तै प्रदेश सांसद धर्म बहादुर लाल श्रीवास्तव, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, सिंचाई तथा विभागमा महानिर्देशक माधव बेलबासे, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख बाबुराम भट्टराईले शैक्षिक विकासका लागि गुणात्मक ढगवाट अगाडी बढाउनुपर्ने बताउदै स्वर्ण महोत्सवको सफलताको शुभकामना दिएका थिए ।
स्वर्ण महोत्सवमा विद्यालयका प्रधानध्यापक बेद प्रकास भुसालले विद्यालयले गरेका महत्वपुर्ण कार्य एव एतिहासिक पृष्टभुमि र विद्यालयको अवस्थाका वारे प्रगति पतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु मयुर नाच, लोकगीत, डान्स लगाएतका मनोरन्ज प्रदान गरिएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा भृकुटी माविको लागी जग्गादाता स्व. ताराप्रसाद बेलवासेका छोरा मिनराज बेलवासेलाई सम्मान, पुर्ब विद्यार्थी ,पुर्व प्रअ, पुर्व ब्यावस्थापक समितिका अध्यक्ष, सस्थापकहरुलाई समेत सम्मान गरिएको थियो ।
मुल आयोजक समितका संयोजक रुद्रलाल बन्जाडेको अध्यक्षता र शिक्षक निरज बेल्वासे, सविना पौडेलको सन्चालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  १ : ०१ बजे